ग्लोबल आईएमई बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय बासिन्दाले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।
प्रहरीको चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । गोली लागेका ३ जनालाई स्थानीय निजी मेडिकल हलमा भर्ना गरिएको छ । आइतबारदेखि सुरु भएको प्रदर्शनका क्रममा बिहीबार प्रहरीले गोली चलाएको हो ।
प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई जबर्जस्ती अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै स्थानीय बासिन्दाले पन्तको बलात्कार र हत्यामा संलग्नलाई जोगाउन खोजेको आरोमा आन्दोलन गरिरहेका छन् ।
याे पनि पढ्नुहाेस :
निर्मला हत्या प्रकरणको छानबिन गर्न आए एसएसपी चन्द
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ganesh Khadka
Aug. 23, 2018, 1:16 p.m.के नैया सम्बिधानले नागरीकलाई दिने उचित न्याय यही होता? मानशिक सन्तुलन गुमाएको बेक्तिलाई दोशि साबित गर्ने परहरी परसाशनलाइ हामि जनताहरूले कसरी आंखा चिम्लेर बिस्वाश गर्न सकिन्छर?