लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई ईन्डियन्सले चेन्नई सुपर किङ्ग्सलाई चार विकेटले हराएकाे छ ।
दिल्लीमा शनिबार राति भएको खेलमा चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे ।
मुम्बईका केइरोन पोलार्डले अविजित रहँदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।
यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन बनाए । कुनाल पाण्डेय ३२ रनमा आउट हुँदा हार्दिक पाण्डेयले १६ रन जोडे ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।
उसका लागि रायडुले अविजित रहँदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले भने अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए ।
जितसँगै मुम्बईले ७ खेलमा ८ अङ्क जोडेको छ । मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै चेन्नईले ७ खेलमा १० अङ्क जोडेको छ भने शीर्ष स्थानमा यथावत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।