तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, कांग्रेसलगायत दलका ४० सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
८७ सदस्यीय प्रदेश सभामा अहिले जना मात्रै सदस्य रहेका छन् । मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले जानकारी दिनुभयो । अविश्वासको प्रस्ताव दर्ता गर्न माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दित खान, जसपाका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाका नेता तारा जिसी प्रदेश सभा सचिवालय पुग्नुभएको थियो ।
यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको थियो । तर वैशाख १९ गते विशेष अधिवेशन डाकिएको दिन बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै त्यही दिन सरकारले अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनको सान्दर्भिकता सकिएको भन्दै अन्त्य गरेको थियो ।
राजीनामा गरेकै दिन प्रदेश प्रमुख धर्मनाथ यादवले पाेखरेललाई संविधानको धारा १६८ को १ बमोजिम मुख्यमन्त्रीमा पुनः नियुक्ति गर्नुभएको थियो । तर विपक्षी दलहरूले भने अल्पमतमा रहेका पोखरेललाई संविधानको बर्खिलाप मुख्यमन्त्री नियुक्त गरेको भन्दै विरोध गर्दै आएका थिए ।
एमाले संसदीय दलको नेताका रूपमा पोखरेलले ४१ जनाको हस्ताक्षर पेस गरेको बताइएकामध्ये विमला ओली, दीर्घनारायण पाण्डे र अमर डाँगीले पोखरेलको साथ छोडिसक्नुभएको छ । पाण्डेले प्रदेश सभाबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरिसक्नुभएको छ । डाँगीले पनि प्रदेश सभाबाट राजीनामा दिनुभएको छ । नेकपाबाट उपचुनावमा विजयी ओली माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
अविश्वास प्रस्ताव र ४० सांसदकाे हस्ताक्षरित पत्र–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।