गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ –कोरोना भाइरस सङ्क्रमणको पहिलो चरणको तीन महिनाभन्दा लामो लकडाउन सकिएर अहिले देश दोस्रो चरणको महामारीमा छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गएको पाँच महिनादेखि बन्द रहेका विद्यालयहरु कहिलेदेखि सञ्चालनमा आउँछन्, कुनै टुङ्गो छैन ।
यस्तो अलमलले सिङ्गो शैक्षिक सत्र नै पछाडि धकेलिने चिन्ता बढ्दै गएको छ । यस्तोमा सरकारले शैक्षिक सत्र प्रभावित हुन नदिन वैकल्पिक सिकाइका माध्यबाट पढाइ सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
यसको अर्थ अब अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट सञ्चालन हुने कक्षालाई नै सरकारले मान्यता दिनेछ । यस्तोमा ‘वेद सिस्टम’ अनलाइन सिकाइका लागि उपयुक्त माध्यम बनेको छ ।
यसले अहिले ६ सय ५० भन्दा बढी विद्यालयलाई प्रविधिमार्फत प्रभावकारी सञ्चालनका साथै भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा सहयोग पु¥याउँदै आएको छ । अनलाइन कक्षा मात्र होइन, वेदले अनलाइनबाटै गृहकार्य दिन सकिने र परीक्षा सञ्चालन गर्न सकिने प्रणालीसमेत विकास गरेको छ ।
उत्कृष्ट अनलाइन सिकाइ प्रविधि र त्यसमा बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै आएको वेदले अब शिक्षक तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर लाखौँ रुपैयाँका विभिन्न उपहारसमेत प्रदान गर्ने भएको छ । त्यसका लागि कम्पनीले ‘हातहातमा शिक्षा’ नामक अभियान थालेको छ ।
यो अभियान सामाजिक सञ्जाल फेसबुकमा बुधबारदेखि एक महिनासम्म चल्नेछ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ । कोभिड–१९ को समयमा अनलाइन शिक्षालाई सफल बनाउन विद्यार्थी र शिक्षकले गरको योगदानलाई सम्मान गर्न कम्पनीले यो ‘हातहातमा शिक्षा’ सञ्चालनमा ल्याएको हो ।
यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने छ । जसलाई उनीहरूले आफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ । भिडिओमार्फत आफ्नो अनुभव शेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । साथै उत्कृष्ट हुनेलाई ल्यापटपसहित लाखौँ मूल्यका आकर्षक पुरस्कारसमेत प्रदान गरिनेछ ।
कसरी सहभागी हुने ?
. यो क्याम्पेनमा सहभागी हुन शिक्षक तथा विद्यार्थीले आफ्नो अनलाइन कक्षाको अनुभवसहितको भिडियो फेसबुकमा सबैले देख्न सकिने गरी शेयर गर्नुपर्नेछ ।
. यसरी बनाएको भिडिओ कम्तीमा ३० सेकन्डको हुनुपर्ने छ ।
. वेदको फेसबुक पेज लाइक तथा फलो गर्नुपर्नेछ ।
. भिडिओ पोस्ट गर्दा HaatHaatmaShikshya #Veda #Khalti राख्नु पर्नेछ ।
यस्ता छन् उपहार–
. वेद गुरु (उत्कृष्ट शिक्षक) – चार जना शिक्षकलाई ५० हजार बराबरको ल्यापटपसँगै खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स प्रदान गरिनेछ । तर यो पुरस्कारका लागि वेद सिस्टम प्रयोग गर्ने शिक्षक हुनुपर्नेछ ।
. फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)– चार जनालाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स ।
. न्यु अन दि ब्लक पुरस्कार– उत्कृष्ट शिक्षक (वेद सिस्टम प्रयोग नगर्नेलाई) ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षका लागि निःशुल्क, साथमा खल्ती वालेटमा १० हजार रुपैयाँ ।
. चार जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स ।
. साप्ताहिक पुरस्कार अन्तर्गत कारखानामार्फत नौ जनालाई विशेष पुरस्कार ।
. हरेक सहभागीलाई खल्ती वालेटमा सय रुपैयाँ नगद ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।