काठमाण्डौका नदी खोलामा पनि पानीको सतह बढ्यो

 असार १२, २०७८ शनिबार १६:४८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मनसुनी वायुको प्रभावले शनिबार संघीय राजधानी काठमाण्डौ लगायत देशका अधिकांश स्थानहरुमा वर्षा भएको छ ।

शुक्रबार साँझ देखि नै काठमाण्डौ उपत्यका लगायत देशका कतिपय स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो । वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।

त्यसैगरी, काठमाण्डौको वाग्मती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाण्डौका विभिन्न नदी र खोलाहरुको पानी बाहिरिने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भूभागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सचेत हुन आव्हान पनि गरेको छ । विभागले शनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने ससाना नदी तथा जलाधारमा पानीको बहावमा बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आव्हान समेत गरेको छ ।

यसैबीच मध्यान्हपछि भने काठमाण्डौमा वर्षा हुने क्रम रोकिएको छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया