पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत – कर्णालीमा अहिले किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ । अहिले मानो रोपेर मुरी फलाउने समय हो । किसानहरू खेतीमा व्यस्त छन् । सिँचाइ उपलब्ध भएको र खोलाको आसपासमा रहेका धेरैजसो ठाउँमा रोपाइँ सम्पन्न भएको छ । यस वर्ष मनुसन छिटो सक्रिय भएकाले किसानलाई रोपाइँ गर्न सहज भएको छ ।
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा असार मध्यसम्म ५० प्रतिशत रोपाइँ सम्पन्न भएको हो । निर्देशनालयका सूचना अधिकारी याम रानाले पहाडी जिल्लामा धेरैजसो ठाउँमा रोपाइँ सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार जुम्लामा ९० प्रतिशत, हुम्ला र डोल्पामा ८०/८० प्रतिशत, मुगुमा ७०, रुकुम पश्चिम र जाजरकोटमा ६५/६५ प्रतिशत, सल्यानमा ६० प्रतिशत, दैलेखमा ४५ प्रतिशत र सुर्खेतमा २० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
कर्णालीमा धान उत्पादन हुने ४१ हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमध्ये २० हजार चार सय बढी हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
२६ हजार मेट्रिक टन बढी अपुग
कर्णाली प्रदेशमा अझै पनि खाद्यान्न अभाव छ । निर्देशनालयका अनुसार प्रदेशमा तीन लाख १६ हजार तीन सय ९१ मेट्रिक टन धान उत्पादन हुन्छ । तर प्रदेशमा तीन लाख ४८ हजार सात सय ३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । अझै प्रदेशमा २६ हजार १८ मेट्रिक टन खाद्यान्न अपुग छ । प्रदेशमा सुर्खेत, सल्यान, रुकुम पश्चिम र दैलेखमा मात्रै खाद्यान्नमा आत्मनिर्भर छन् । अन्य जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, मुगुमा खाद्यान्न अपुग छ ।
खाद्यान्न अपुग हुँदा कर्णालीका पहाडी तथा हिमाली जिल्लामा बर्सेनि खाद्य सङ्कट पर्छ । खाद्यान्न सङ्कलन पर्ने कर्णालीका जिल्लाहरूमा सरकारी अनुदानमा चामल ढुवानी हुँदै आएको छ । यी जिल्लामा स्थानीय उत्पादन पर्याप्त नहुँदा सरकारले ढुवानीमा अनुदान दिए पनि बर्सेनि खाद्य अभाव झेल्नुपर्ने बाध्यता छ ।
निर्देशनालयका अनुसार कालीकोटमा ११ हजार ६ सय ४१ मेट्रिक टन खाद्यान्न अपुग छ । हुम्लामा आठ हजार दुई सय ७३, जुम्लामा सात हजार ३०, मुगुमा पाँच हजार चार सय ४४, डोल्पामा तीन हजार एक सय ६९ र जाजरकोटमा दुई हजार आठ सय ५५ मेट्रिक टन खाद्यान्न अपुग छ । खाद्य सुरक्षा भएका जिल्लाहरू सल्यानमा आठ हजार सात सय ४३, रुकुममा एक हजार पाँच सय ७२, सुर्खेतमा एक हजार ७४ र दैलेखमा एक हजार पाँच मेट्रिक टन सञ्चित हुने निर्देशनालयले जनाएको छ ।
कर्णालीमा सिँचाइ अभावले पनि खेतीयोग्य जमिनमा खेती हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।