अब 'हाम्रो पात्रो' मा रेडियो एचडीमा सुन्न सकिने

 असार २०, २०७८ आइतबार १४:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’मा अब रेडियो एचडी (हाइ डेफिनेशन)अर्थात् उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेशनलाई थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हो ।

यसअघि ३२ केबीपीएस तथा ६४केबीपीएसमा उपलब्ध रेडियोहरूअब एचडी अर्थात् एक सय २८ केबीपीएसमा समेत सुन्न सकिनेछ । अहिले उज्यालाे रेडियाे नेटवर्क, ईमेज एफएम, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन् । बाँकी रेडियोलाई समेत क्रमशःएचडीमा रूपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोका प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिनुभयाे ।  

‘अबको केही दिनमा ५० वटा एफएम रेडियोलाई एचडीमा लैँजादैछौँ’, उहाँले भन्नुभयाे, ‘यसैगरी अबको दुई महिनाभित्र सय वटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ ।’

अहिले हाम्रो पात्रोमा देशभरका झन्डै पाँच सय रेडियाे सुन्न सकिने सुविधा छ । हाम्रो पात्रो एपमार्फत देश–विदेश जतासुकैबाट नेपाली रेडियो सुन्न सकिन्छ ।

परम्परागत प्रविधि अर्थात् एफएम रेडियो सेटमार्फत सीमित क्षेत्रमा मात्र एफएम रेडियो सुन्न सकिने सीमिततालाई हाम्रो पात्रोले तोडेको छ जसले गर्दा रेडियो फ्रिक्वेन्सी विना देशभरका रेडियो विश्वभर सुन्न सम्भव भएको हो ।

आठ वर्षअघि अर्थात् सन् २०१३ मा रेडियो प्रसारणलाई आफ्नो प्लेटफर्ममा जोडेको हाम्रो पात्रोमा अहिले दैनिक चार लाख स्रोताले रेडियो सुन्ने गरेका छन् ।

न्यून इन्टरनेट ब्यान्डविथ खपत गर्ने भएकाले वाईफाई तथा फिक्सलाइन इन्टरनेट नहुँदाको समयमा मोबाइल डाटाबाट समेत हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ । यस किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको सङ्ख्यासमेत बढ्दै गएको छ।

हाम्रो पात्रोले साउथ कास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो एपमा स्ट्रिमिङ गर्दै आएको छ । त्यसबापत रेडियो स्टेशनले हाम्रो पात्रोलाई कुनै शुल्क तिर्नुपर्दैन । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया