बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : ...
मंसिर १५, २०८१ शनिबार
संयुक्त राष्ट्र संघले म्यानमारका सेनाले नरसंहार गरेको जनाएको छ । रखाइन प्रान्तमा र अरु बाँकी क्षेत्रमा भएको नसंहार र मानवता विरुद्धको अपराधको छानबिन हुनु पर्ने राष्ट्र संघले जनाएको छ । राष्ट्र संघको प्रतिवेदनले म्यानमारमा रोहिंग्या मुसलमानमाथि भएको हिंसाको कडा भत्सर्ना गरेको छ ।
सयौँ जनासँग लिइएको अन्तर्वार्ताको आधारमा तयार पारिएको प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले रोहिंज्या मुसलमानविरुद्ध भएको हिंसालाई कडा रूपमा निन्दा समेत गरेको छ ।
प्रतिवेदनले म्यानमारका सेनाले लगातार भेदभावको रणनीति लिएको पनि जनाएको छ । यस्तै, प्रतिवेदनमा म्यानमार सेनाका उच्च ६ अधिकारीलाई मुद्दा चलाउनु पर्ने उल्लेख गरिएको छ । म्यानमारमा सेनाको दमनमा परी ७ लाख रोहिंग्या मुसलमान विस्थापित भएका छन् ।
म्यानमारमा भएको यस घटना अनुसन्धान गर्न राष्ट्रसङ्घको टोलीलाई म्यानमार प्रवेश गर्ने अनुमति दिइएको थिएन । राष्ट्रसंघको टोलीले भूउपग्रहबाट खिचिएका तस्बिर तथा भिडिओका आधारमा प्रत्यक्षदर्शीहरुलाई भेटेर यो प्रतिवेदन तयार पारेको हो ।
म्यानमारका नेताहरूले नरसंहार गरेको भन्ने आरोपको यो पहिलो प्रतिवेदन भएको बीबीसीका संवाददाता जनाथन हेडले बताएका छन् ।
रोहिंज्या मुसलमान र अल्पसङ्ख्यक समुदायमाथि मानवता विरोधी अपराध गरेको आरोप म्यानमारका सैन्य अधिकारीलाई लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।