गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति बेहोरेका किसानलाई आउँदाे आर्थिक वर्षमा क्षतिपूर्ति दिने गरी लगत सङ्कलन गरिरहेको बताएको छ । शुक्रवारकाे कुराकानीमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले यस वर्षको मनसुनमा आएको बाढी तथा पहिरोका कारण किसानलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत सङ्कलन गरिरहेको बताउनुभयो ।
मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के–कति क्षति भएको छ, त्यसको तथ्याङ्क सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो । एक हप्ताभित्र लगत सङ्कलन भइ सक्ने र असार २० गतेसम्मको प्रारम्भिक रिपोर्ट तयार पारेपछि किसानलाई आउँदाे आर्थिक वर्षमा क्षतिपूर्तिमार्फत सम्बोधन गरिने मन्त्रालयका सचिव कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एक हप्ताभित्र डाटा सबै ठाउँबाट सङ्कलन हुन्छ । असार २० गतेसम्म प्रारम्भिक रिपोर्ट तयार गर्न लागिरहेका छौँ । रिपोर्ट आइसकेपछि किसानलाई अर्को वर्षको कार्यक्रममा कसरी सम्बोधन गर्न सकिन्छ ? खासगरी बिउ, मल, प्रविधिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ । सङ्घीय सरकारबाट हाम्रो दायित्व प्रदेश र पालिकासँग समन्वय गर्ने हो । त्यो समन्वय हाम्रो शाखा, महाशाखाबाट भइरहेकाे छ । यो क्षतिबाट मुक्त हुन र अब बढीबाट क्षति नहोस् भन्न सतर्कताका लागि सन्देशहरू एफएममार्फत्, एप्समार्फत् दिइरहेका छौँ । आउँदाे आर्थिक वर्षको कार्यक्रममा हामीले केही रकम क्षतिपूर्ति दिन सङ्घीय मन्त्रालयकाे बजेटमा पहिलो पटक व्यवस्था गरेका छौँ । भौगोलिक बनोटको आधारमा, बालीको आधारमा, नोक्सानीको आधारमा जिल्लामा रहेकाे प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको समितिको सिफारिसको आधारमा यसलाई अगाडि बढाउँछौँ ।’
सचिव कार्कीले यस वर्ष औसत रूपमा धान रोप्न ढिलाइ भइरहेको बताउनुभयो । अहिलेसम्म ५६ प्रतिशत धान रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष १५ लाख हेक्टरमा ६० लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिइएको उहाँकाे भनाइ छ ।
निरन्तर भेल, बाढी आइरहेमा सरकारको लक्ष्य प्राप्ति नहुने सचिव कार्कीले बताउनुभयाे । बाढी, पहिरोबाट किसानलाई क्षति हुन नदिन मन्त्रालयको ध्यान केन्द्रित रहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।