राष्ट्रपति कार्यालयको विज्ञप्ति, ‘सर्वोच्चको फैसला अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त’

 असार २९, २०७८ मंगलबार १७:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।

यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्दा ‘संविधान अनुसार नियुक्त गरिएको’ उल्लेख गरे पनि आज भने सर्वोच्च अदालतको संवैधानिक इजलाशको फैसला अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको छ । देउवाको सपथ बेलुकी ६ बजे हुनेछ । देउवासँगै केही मन्त्रीहरुको पनि शपथको तयारी रहेको छ ।

कसलाई मन्त्री बनाउने भन्ने विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल भइरहेको छ । सर्वोच्च अदालतले हिजो प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया