ओलम्पिक भिलेजमा बस्दै आएका दुई खेलाडीलाई पनि कोरोना सङ्क्रमण

 साउन ३, २०७८ आइतबार १२:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिक सुरु हुन ५ दिन मात्रै बाँकी रहँदा दुई खेलाडीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । ओलम्पिक भिलेजमा बस्दै आएका दुई खेलाडीमा सङ्क्रमण पाइएको टोकियो ओलम्पिकको आयोजक कमिटीले पुष्टि गरेको छ । यस अघि ओलम्पिक भिलेजमै रहेका अर्का एक जना अफिसियलमा सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमित सबैको परिचय गोप्य राखिएको छ ।  सुरक्षित भनिएको ओलम्पिक भिलेजमै सङ्क्रमित भेटिएपछि चिन्ताको विषय बनेको छ । कडा स्वास्थ्य सुरक्षाका बीच पनि सङ्क्रमण भेटिएको हो । आयोजक कमिटीले खेलाडीको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै भएको छ ।

टोकियो ओलम्पिक आउँदो २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म हुनेछ । ओलम्पिक भिलेजमा ११ हजार खेलाडी रहनेछन् । कोरोनाकै कारण टोकियो ओलम्पिक निर्धारित समयभन्दा एक वर्षपछि हुन लागेको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, जापान सरकार तथा आयोजक कमिटीबीच दर्शकबिना र कोरोनाविरुद्ध कडा नियम पालना गर्ने सहमति भएपछि  प्रतियोगिता हुन लागेको हो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया