तीन महिनाको एकता प्रयास असफल भयो – शंकर पोखरेल

 साउन ३, २०७८ आइतबार १३:१५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - एमाले नेतासमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तीन महिनाको एकता प्रयास असफल भएको बताउनु भएको छ । 

नेकपा एमाले विवाद मिलाउन गठन गरिएकाे समितिमा रहेका पोखरेलले  कार्यदलले तयार पारेको प्रतिवेदनमा माधवकुमार नेपालले असहमति जनाएकाले अहिलेसम्म गरेको सबै प्रयास असफल भएको बताउनु भएको हो ।  

सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ : ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’ 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएको छ ।  आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । देउवालाई विश्वासको मत दिने नदिनेबारे नेपाल पक्ष छलफलमा छ ।
 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया