माओवादीलाई केही पनि होइन भनेर नहेप्न प्रचण्डको चेतावनी

 साउन ३, २०७८ आइतबार २०:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केही पनि होइन भनेर नहेप्न चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आगोसँग खेल्ने काम त्यति राम्रो नहुने भन्दै माओवादीलाई हेप्न र अपमानित गर्न थालेमा आगो फेरि सल्किन सक्ने चेतावनी दिनुभएको हो । उहाँले भारतीय जासुसी संस्था रअ प्रमुख सामंत गोयल र तत्कालीन प्रधानमन्त्री ओलीबीच बालुवाटारमा मध्यराति भएको भेटपछि अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । उहाँले एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै गोहीको आँशु नबगाउन सुझाव दिनुभयो ।

अदालतले संविधानको मर्म र भावनाअनुरूप प्रतिनिधि सभा पुनर्स्थापना गरेको उहाँको भनाइ छ । प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु आश्चर्यजनक रहेको पनि बताउनुभयो । ओली पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा अनुपस्थित भएकोबारेमा पनि प्रश्न उठाउनुभएको छ । भिन्न मतलाई स्वीकार्न सक्ने आँट ओलीसँग नभएको पनि प्रचण्डले टिप्पणी गर्नुभयो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया