देउवालाई मत दिनेहरूलाई कारबाही नगर्ने हो भने एमाले सिद्धिन्छ : ओली

 साउन ४, २०७८ सोमबार १३:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भर्खरै सकिएकाे छ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा भइरहेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन । 

बैठकको ब्यानरमा दशौँ केन्द्रीय कमिटी बैठक लेखिएको छ । दशौँ केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया सुरु भएको एमालेले जनाएको छ । आजको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय अटेरी गर्दै नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिनेहरूमा नैतिकता र पार्टीप्रति कुनै जिम्मेवारी नभएको आरोप लगाउनुभयो । 

ओलीले आफ्नै पार्टीको सरकार ढाल्ने र अर्को पार्टीका व्यक्तिलाई प्रधानमन्त्रीमा समर्थन गर्नु पार्टीका लागि लाजमर्दो विषय भएको भन्दै उनीहरूलाई यत्तिकै छाड्न नमिल्ने बताउनुभएको छ । बदमासी गर्दै हिँड्नेहरूलाई कारबाही नगर्ने हो भने एमाले नै सिद्धिने ओलीको भनाइ छ । 

हिजो आइतवार पार्टीले विश्वासको मतको विपक्षमा उभिन ह्विप जारी गरे पनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन् । एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरेका थिए भने ११ जना अनुपस्थित भए । माधव नेपाल समूहका १४ र ओली समूहका आठ जनाले देउवालाई विश्वासको मत दिएका हुन् ।  

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया