मलद्वारमा लुकाएर ल्याएकाे पाैने ४ किलाे सुनसहित ४ जना विदेश...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - सरकारले खोप कार्ड प्रमाणीकरणलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाएको छ।
अहिले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल अस्पतालबाट मात्रै खोप कार्डको प्रमाणीकरण हुँदै आएको छ । अब अरु अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।
नेपाली र अङ्ग्रेजी दुवै भाषामा खोप कार्डमा विवरण भर्न उहाँले आग्रह गर्नु भएको छ । वैदेशिक रोजगारीमा जानको लागि खोप कार्ड प्रमाणीकरण गर्नुपर्ने र त्यसको लागि घण्टौँ लाइनमा उभिनुपर्ने अवस्था आएपछि यसलाई केही व्यवस्थित बनाउने तयारी भएको हो ।
टेकु अस्पतालमा आज पनि खोप कार्ड प्रमाणीकरणको लागि बिहानैदेखि भीड छ । भीडलाई व्यवस्थित गर्न आजदेखि ४८ घण्टाभित्र विदेश जानुपर्ने व्यक्तिको मात्र खोप कार्ड प्रमाणीकरण गर्ने अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो ।
तीन महिनापछि विदेश जानेहरु पनि अहिले लाइन बस्न आएको भन्दै उहाँले आजदेखि अब ४८ घण्टाभित्र विदेश जानेहरुको मात्रै खोप कार्ड प्रमाणीकरण गर्ने बताउनु भएको हो । यस्तै भीडलाई व्यवस्थित गर्न टेकुमा अर्को काउन्टर खोल्ने पनि जानकारी दिनुभयो ।
खोप कार्ड प्रमाणीकरण गर्न जानेको भीडले हिजो अस्पतालका अरु सेवा समेत प्रभावित भएको थियो । टेकु अस्पतालले हिजो १४ सयभन्दा धेरै खोप कार्ड प्रमाणीकरण गरेको थियो । अस्ति सात सय मात्रै कार्डको प्रमाणीकरण भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Pemba lama
July 23, 2021, 11:26 a.m.इन्टरनेट को दुनिया मा हामि भन्द गरिब राष्ट्र हरु कत्ति अघि बडि सकेको परिपेक्ष मा हाम्रो देश नेपाल बिसौ सदाब्दि तिर दगुरिदै छन भन्ने भान हुन्छ यत्ति जाबो कुरा जुन ब्याक्ति ले जाहा बाट खोप लगाए पनि ब्याक्तिगत बिबरण सरकारि वेवसाइड्मा इन्ट्री गरेर ब्याक्ति ब्याग्ति को मोबाइल मा sms को मार्फत एउट link पठाए भयो नि जस्लाइ जरुरि पर्छ त्यस बाटै print out गर्छन यत्ति जाबो कुरा पनि हामि ले सिकाउनु पर्छ जस्तो लाग्दैन
Ganesh k gurung
July 23, 2021, 11:20 a.m.एउटा एप वा वेवसाइट लन्च गर्नुपर्यो सकेसम्म चाँडो - यही सुझाव छ सरकारसंग / सरकारको पक्षवाट कोरोना खोप एप बनाएर डिजिटल्ली भेरिफाइड गरेको वारकोड एप मै राख्ने व्यवस्था गरे कसो होला ?? भीडभाड पनि नहुने , गाउँठाउं मै बसेर काम बन्ने अनि अन्तराष्ट्रिय जहाँ वाट पनि वारकोड पढ्न मिल्ने ....कति सजिलो हुन्थ्यो / यस्तो डिजिटल युगमा पनि कहिले यता, कहिले उता कति भागदौड गराएको यो सरकारले ......
साङ्गे
July 23, 2021, 11:18 a.m.यसमा त सरकारको नै कमजोरी देख्छु एकै ठाउबाट हुने काम दस तिर लगेर झुल्याउछ QR लागू गर्न किन हिच्किचाएको सरकारले फेरि कर्डमा पनि हस्त लिखित छ? अहिलेको जमनामा त हरेक कुरा अन्लाईनबाट गर्न सकिन्छ नि दुख दिने काम भन्दा गर्दैन नौट्ङ्की सरकार 😤😤😤