राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – धान र फलफूलका थप २४ जात सूचीकृतका लागि सिफारिस भएका छन् । उन्मोचन विधिबाट तयार भएका धानका दुई वटा, चार वटा वर्णशङ्कर र पाँच वटा रैथाने गरी ११ जात राष्ट्रिय बिउ बिजन समितिले सूचीकृतका लागि सरकारलाई सिफारिस गरेको हो ।
त्यस्तै लिचीका ६, किवीका चार र आँपका तीन वटा गरी १३ वटा जात सिफारिस गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले उन्मोचन गरेको धानको खुमल १२ र खुमल १४ जात दर्ताका लागि सिफारिस भएको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली अधिकृत प्रकाश आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै विदेशमा उत्पादन भएका धानका चार वटा वर्णशङ्कर मध्ये प्याक–८७४४ प्लस, एडीभी ८५७७, एमआर ८३३३ र एनपीएच–५६७ नार्कले सूचीकृतका लागि सिफारिस गरेको छ । समितिले गण्डकी आसपासका धानका रैथाने जात एक्ले, रातो अनदी, कालो झिनुवा, बयर्नी र पहेँलेलाई पनि सिफारिस गरेको छ ।
यस्तै लिचीका साही, मुज्जफरपुर, कलकत्तिया, रोजसेन्टेड, लेट सिडलेस र अर्ली सिडलेस गरी ६ जात र किवीका एर्वट, हेवार्ड, ब्रुनो र एलिसन चार जात सिफारिस गरिएको छ । आँपका आम्रपाली, माल्दा र दशहरी जात सूचीकृतका लागि सिफारिस भएका छन् ।
पहिलेदेखि प्रयोगमा आइरहेका कतिपय जात सूचीकरण नहुँदा बिउ–बिरुवाको बिक्री/वितरण तथा बीमा नहुने समस्या रहेकोमा सरकारको सिफारिसपछि किसान तथा बिउ कम्पनीलाई कारोबार र उत्पादन गर्न सहज हुने केन्द्रका प्रमुख एवम् राष्ट्रिय बिउ बिजन समितिका सदस्य सचिव बेनुप्रसाद प्रसाईंले बताउनुभयो । सिफारिस भएका जात मन्त्रिपरिषद्को निर्णयका आधारमा राजपत्रमा प्रकाशित भएपछि आधिकारिक रूपमा प्रयोगमा आउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।