राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुङ्ग्याउने निर्णय गरेको छ । बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुङ्ग्याउन नसकेको विषयलाई पार्टीका शीर्ष नेताले पाँच दिनभित्र टुङ्ग्याउने निर्णय गरेको हो ।
विवादित विषयलाई पाँच दिनभित्र शीर्ष नेताले टुङ्ग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी क्रियाशील सदस्यता छानबिन समितिले नेताहरूलाई हाम्रो प्रतिवेदन बुझाइसकेका छौँ १२ गते । हामीले क्रियाशील सदस्यता छानबिन समितिले नेताहरूकै परामर्शबाट हामीले मापदण्ड बनाएका थियौँ र त्यो मापदण्डले हाम्रो समितिमा सहमतिले निर्णय हुन नसकेका विषयलाई केन्द्रीय नेताहरूको तहमा निर्णय गर्ने भनेर भनिएकाे थियो । हामीले क्रियाशील सदस्यता छानबिनको धेरैजसाे काम सकिसकेका छौँ । केही विषय केन्द्रीय नेतृत्वमा नै, केन्द्रीय नेताहरूको तहमै निर्णय गर्नुपर्ने भनेर हामीले पहिचान पनि गरिसकेका छौँ । त्यो पहिचान गरेका विषय प्रतिवेदनमा उल्लेख गरेर केन्द्रीय नेताहरूको तहमा हामीले प्रस्तुत गरेका छौँ ।
आजको छलफल र परामर्शपछि केन्द्रीय नेताहरूको तहमा प्रस्तुत गरिएका विषय, निर्णयका लागि प्रस्तुत गरिएका विषयमा केन्द्रीय नेताहरूको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने निर्णय भएको नेता लेखकले बताउनुभयाे । ‘उहाँहरूले त्यो निर्णय गर्नुहुन्छ र त्यसपछि अरू प्रक्रिया पनि अगाडि बढ्छन् । अरू पार्टीबाट आएकाहरूकाे समायोजन गर्ने विषय छन् । पाँच दिनभित्र नेताहरूले निर्णय गर्ने भनिएको छ । त्यसपछि निर्वाचन समितिका काम अघि बढ्छन्’, उहाँले भन्नुभयाे ।
कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरूको, धनुषा क्षेत्र नं. ४, सर्लाही क्षेत्र नं. २ का साथसाथै बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यका बारेमा पार्टी नेतृत्वले टुङ्ग्याउनुपर्ने नेता लेखकले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।