नेपालसहितका छिमेकी देश सुख-दु:खका साथी भएको भारतीय प्रधानमन्त्री मोदीको भनाइ

 साउन १६, २०७८ शनिबार १५:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद्का बेला सबैभन्दा पहिले छिमेकीहरु जुट्ने भएकोले सम्बन्ध असल हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री मोदीले आज ट्वीट गरेर भुटान, नेपाल, माल्दिभ्स, मोरिसस छिमेकी मात्र नभइ सोच र सामाजिक चालचलन समेत मिल्ने भएकोले सम्बन्ध र व्यवहार असल हुनुपर्ने बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकी मात्रै होइन, बरु हाम्रो सोच र सामाजिक चालचलनमा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्ति आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौँ।’

हिजो महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेपछि एक नेपाली युवा वेपत्ता हुनुभएको छ । यसको चौतर्फी विरोध भइरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले छिमेकीको कुरा गर्दै लेखिएको कुरालाई धेरैले विरोध कम गराउन भएको प्रयासका रुपमा चर्चा गरेका छन् । 
 

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया