मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान घ...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - दार्चुलामा एक युवा तुइनबाट नदीमा खसेको घटनामा आफ्नो संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले पठाएको पत्रको जवाफ फर्काउँदै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले घटनामा भारतीय पक्षको संलग्नता नरहेको दाबी गर्नुभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले उज्यालोलाई जानकारी दिनुभयो ।
पत्रमा घटना भएको बेला घटनास्थलमा भारतीय सुरक्षा बल एसएसबीको टोली रहेको तर टोली देखेर हडबडाएका युवा आफैँ नदीमा खसेका उल्लेख छ । नदीमा मानिस तरिरहेको बेला तार नै काट्ने खालको काम आफूहरुबाट हुन नसक्ने दाबी गर्दै पत्रमा बेपत्ता भएका युवाको खोजीमा आफूहरुको तर्फबाट पनि टोली पठाएको उल्लेख भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
हिजो बिहान भारतीय भूमिबाट सदरमुकाम खलङ्गा आउने बेला व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा व्यास गाउँपालिकाको मालका जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । धामीसँगै रहेकाहरुले एसएसबीले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय एसडीम कार्यालयलाई पत्राचार गरेर घटनाको छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो ।
नदीमा खसेका धामीको खोजी भइरहेको छ । घटनाबारे अनुसन्धानका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको टोली घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको पनि प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।