ज्वलनशील पदार्थको व्यवस्थापन गर्न सकेमा वन डढेलोको जोखिम कम हुने
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर चार हजार एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार तीन सय ५४ जनाको पीसीआर र चार हजार नौ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार दुई सय ९८ नमुना परीक्षण गर्दा चार हजार एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर परीक्षण गरिएकामध्ये २६ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र यो दर निकै माथि भएकाले सचेतता अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
नेपालमा कोरोनाका सङ्क्रमितको सङ्ख्या सात लाख ६९ हजार नौ सय २२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा मात्रै एक हजार दुई सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाण्डाैमा नौ सय आठ जना, भक्तपुरमा दुई सय ६ जना र ललितपुरमा एक सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६६ हजार ६ सय ५१ पुगेको छ ।
यही अवधिमा थप ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ । याेसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय ५७ पुगेको छ ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार चार सय ६४ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।