ईपीएल फुटबलमा आज पाँच वटा खेल हुँदै
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – यसपालि पनि मापदण्ड पालना गरेका १२ उद्योगी, व्यवसायीले चियाको लोगो ट्रेडमार्क पाउने भएका छन् । लोगो वितरणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डकाे टिम इलाम पुगेको छ ।
गएको वर्षदेखि नेपाली चियोको लोगो कार्यान्वयनमा आएको हो । कार्यान्वयनमा आएको वर्ष पनि १२ उद्योगी तथा व्यवसायीले लोगो प्राप्त गरेका थिए । लोगोका लागि उद्योगले नेपाली अर्थोडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिकाले तय गरेको मापदण्ड पालना गर्नुपर्छ ।
लोगोका लागि निवेदन दिएकाहरुले निर्देशिकाको पालना गरे नगरेको अध्ययन पछि मात्रै लागो दिइने बोर्डका निर्देशक दीपक खनालले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादकले चियामा तोकिएको गुणस्तर पुगे पछि लोगोका लागि निवेदन दिन पाउँछन् । प्रकृति जोगाउने, गुणस्तरमा ध्यान दिनुपर्नेलगायत शर्त पूरा गरेकाले मात्रै लागो पाउने पनि उहाँले बताउनुभयो ।
नेपालबाट निकासी हुने चियामा एउटै लोगो प्रयोग हुँदा नेपाली चियाको पहिचान विश्वका धेरै ठाउँमा पुग्ने छ । विश्वका धेर देशमा नेपाली चिया तथा कफीको माग माग बढ्दो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।