नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले भारतको राष्ट्रिय टोलीसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएकाे छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउँदो भदौमा नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच दुई मैत्रीपूर्ण खेल हुने जनाएको हो ।
खेल दशरथ रङ्गशालामा भदौ १७ र २० गते हुनेछ । १३ औं संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन् । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा चार खेल बराबरीमा सकिएको छ ।
नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ को साफमा हराएको थियो । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई दुई–एकले हराएको थियो ।
साफ च्याम्पियनशिप आउँदाे अक्टोबरमा हुनेछ । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेका छन् । टुङ्गो भने लागिसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।