विश्व टेस्ट च्याम्पियनशिप : पहिलो पारीमा इङ्ग्ल्यान्डविरुद्ध भारतकाे ९५ रनको अग्रता

 साउन २३, २०७८ शनिबार ७:५५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्व टेस्ट च्याम्पियनशिप अन्तर्गत इङ्ग्ल्यान्डविरुद्ध भारतले पहिलो पारीमा ९५ रनको अग्रता लिएको छ । 

नटिङ्घममा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा १ सय ८३ रनमा रोकेको थियो। 

त्यसपछि पहिलो पारीमा भारतले २ सय ७८ रन बनाउँदा ९५ रनको अग्रता लियो । भारतका लागि रोहित शर्मा र केएल राहुलले मध्यम सुरुवात गरेका थिए । पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दा रोहित शर्मा ३६ रन बनाएर आउट भए ।

लगत्तै चेतेश्वर पुजारा व्यक्तिगत ४ रन बनाएर पभेलियन फर्किएका थिए । लगत्तै कप्तान कोहली पनि पहिलो बलमै आउट भएपछि भारतले १ सय ४ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो ।

अजिक्या रहाणे रन आउट हुँदा भारतले १ सय १२ रन बनाएको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया