ईपीएल फुटबलमा आज पाँच वटा खेल हुँदै
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुर महानगरपालिकाले प्राथमिकताका साथ सम्पदा संरक्षण र मर्मत गरिरहेको छ।
नियमित मर्मत गर्नुपर्ने सम्पदा र भूकम्पले भत्किएका मठमन्दिर, विहार, बहाल, सत्तल, पाटी, पोखरीमध्ये धेरैजसो निर्माण सम्पन्न भइसकेका छन् । केही सम्पदा निर्माणाधीन अवस्थामा रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले निर्माण भएका सबै सम्पदा पुरातात्त्विक शैलीमै पुनर्निर्माण गरिएकाे जानकारी दिनु भएकाे छ ।
ललितपुर महानगरपालिका–७ मा रहेकाे अमृतवर्ण महाविहार जीर्णोद्धार सकिएकाे छ । यस्तै वडा नम्बर २० को पूर्णचण्डी पाटी विहार, सतफल्चा पाटी जीर्णोद्धार, वडा नम्बर ६ को नारायण मन्दिर, वडा नम्बर २१ को कटुसा पुनर्निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।
पाटनको देगु तलेजु, भीमकाय भीमसेन मन्दिर, बुङ्गमतीको रातो मच्छिन्द्रनाथको शिखर शैलीको मन्दिरकाे पुनर्निर्माण कार्य झण्डै अन्तिम चरणमा पुगेको छ । त्यस्तै, पिम्वाल जगमदु पोखरी, पाटी पुनर्निर्माण, सौगल महादेव मन्दिर, यशोधरा महाविहार करुणामय मन्दिर, पुल्चोक ढुङ्गेधारा मर्मत, जगनाथ मन्दिर, सिकुचा फल्चा, अशोक चैत्य मर्मत, पशुपति मन्दिर जीर्णोद्धार, सैथु गणेश मन्दिर, हरिशङ्कर मन्दिर, तापाहिटी पाटी, चोछे लाछि पाटी, छ्याबहाल पाटी पुनर्निर्माण गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
ललितपुर महानगरपालिकाले महानगरको काम व्यवस्थित र मर्यादित गर्ने उद्देश्यले ‘एक्सन टिम’ बनाएर परिचालन गरिएको छ । महानगरपालिकाका कामलाई व्यवस्थित सहर निर्माण गर्न सहयोग गर्ने गरी ‘एक्सन टिम’ बनाइएको हो। नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा १५ जना नगर प्रहरीको ‘एक्सन टिम’ निर्माण गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।