लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

 साउन २७, २०७८ बुधबार १३:१७:४३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । केही बेरअघि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हाे ।

पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ ।  

आज बुधवार बिहान बसेको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्ने वा राजीनामा गर्ने भन्ने निर्णय गर्ने अधिकार संसदीय दलका नेता पोखरेललाई दिएको थियो । विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

प्रदेश प्रमुख अमिक शेरचनले अविश्वासको प्रस्तावको छिनोफानो गर्न आजका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । अधिवेशन सुरु हुनु अगाडि नै मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिनुभएको हो । 
गएकाे वैशाख ६ गते मुख्यमन्त्रीका रूपमा पोखरेलले दोस्राे कार्यकाल सुरु गर्नुभएको थियो ।

पोखरेल सरकारविरुद्ध विपक्षी ३४ जना सांसदले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । ८० सदस्यीय प्रदेश सभामा एमालेसँग ३८ र विपक्षीसँग सभामुखसहित ४२ जना सांसद रहेका छन् ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया