च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड प्रति...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रमसहित आर्थिक वर्ष २०७८/०७९ काे मौद्रिक नीति सार्वजनिक गरेको छ । पुनर्कर्जा, व्यवसाय निरन्तरता कर्जा, कर्जा भुक्तानी अवधि थप तथा पुनर्तालिकीकरणसहित चालु आर्थिक वर्षकाे मौद्रिक नीति आज शुक्रवार सार्वजनिक भएको हो ।
सरकारले कोरोना महामारीका कारण जोखिममा परेका उद्योगी व्यवसायीको उत्थानका लागि ऋण तिर्ने समय थप गरेकाे छ । महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेस्टुरेन्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था, मनोरञ्जन व्यवसायका ऋणीले २०७८ साल पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याजकाे अवधि एक वर्ष थप गरी कम्तीमा चार किस्तामा भुक्तान गर्न सक्ने व्यवस्था गरिने नीतिमा उल्लेख छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावित उद्योग/व्यवसायको पुनरुत्थानका लागि कार्यान्वयनमा ल्याएको पुनर्कर्जाको व्यवस्थालाई निरन्तरता दिइएको जानकारी दिनुभयाे ।पुनर्कर्जा सुविधा उपलब्ध गराउँदा लघु, घरेलु, साना तथा मझौला उद्यम/व्यवसायलाई प्राथमिकता दिइनेछ ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गरेका ऋणी फर्म, कम्पनी वा संस्था लगातार दुई वर्षसम्म खुद नोक्सानीमा रहेमा निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी लगातार तीन वर्षसम्म खुद नोक्सानीमा रहेमा मात्र सुक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
कोभिड–१९ महामारीका कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाइ भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था गर्ने माैद्रिक नीतिमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।