४४ वर्षपछि बेलायतलाई महिला यूएस ओपनको उपाधि

 भदौ २७, २०७८ आइतबार ८:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले महिला एकलतर्फकाे यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

फाइनलमा १९ वर्षीया क्यानेडियन खेलाडी लेला फर्नान्डेजलाई ६–४ र ६–३ को सेटमा पराजित भइन्। कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि जितेकी हुन् ।

बेलायतले पछिल्लो ४४ वर्षमा महिला ग्रान्डस्लाम जितेको हो । यसअघि सन् १९७७ मा बेलायतकी खेलाडी भर्जिनिया बेडले यूएस ओपनको महिला एकल तर्फको ग्रान्डस्लाम जितेकी थिइन् । 

राडुकानुले उपाधिसँगै हरेक खेलमा जित निकालेका कारण खेलको बोनस पनि १८ लाख पाउण्ड पुरस्कार प्राप्त गर्ने छिन् ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया