यू–१९ एशिया कप : नेपालले बङ्गलादेशलाई दियाे १ सय ४२ रनकाे ...
मंसिर १६, २०८१ आइतबार
अमेरीकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । पुरुष तर्फ स्पेनीस खेलाडी रफायल नाडालले पनि अन्तिम आठको यात्रा पक्का गरे ।
न्युयोर्कमा भएको खेलमा ६ पटककी च्याम्पियन सेरेनाले कैइया कानेपीलाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा हराइन् । करियरको २४ औं उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेनाले ४४ औं बरियताकी कानेपी विरुद्ध पहिलो सेट ६–० ले जिते पनि दोस्रो सेट चार छ ले गुमाउन पुगिन् । तर तेस्रो तथा अन्तिम सेटमा राम्रो लयमा फर्कदै सेरेनाले ६–३ ले जितिन् र क्वाटरफाइनलको टिकट काटिन् ।
पुरुषतर्फ विश्व नम्बर एक नाडालले जर्जियाका निकोलोजमाथि चार सेटको संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरे । तीन घण्टा २० मिनेटसम्म चलेको खेलमा नाडालले पहिलो सेट ६–३ ले जिते भने दोस्रो सेटपनि ६–३ ले नै आफ्नो पक्षमा पारे । तेस्रो सेट टाइब्रेकरमा ६–७ ले गुमाएका नाडालले चौथो सेट ६–४ ले जित्दै क्वाटरफाइनलमा पुगे । अब क्वाटरफाइनलमा नाडालले डोमिनिक थिमसँग खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।