एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको ...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – ओमानमा प्यारालाइसिस हुनुभएकी एक घरेलु महिला कामदारलाई त्यहाँ रहेको नेपाली दूतावासले नेपाल पठाएको छ ।
हिजो बुधबार नेपाली दूतावास र गैर आवासीय नेपाली संघ एनआरएनए ओमानको संयोजन ती महिलालाई एअर – स्ट्रेचरको व्यवस्था गरी नेपाल फिर्ता गरिएको दूतावासले जनाएकोछ ।
दूतावासका अनुसार ओमानमा घरेलु कामदारको रूपमा कार्यरत उहाँ ७ महिना पहिले कोरोना संक्रमित हुनुभएको थियो । त्यसपछि निमोनिया भएको र त्यसमा थप संक्रमणहरू भइ अर्ध प्यारालाइसिस समेत भएर अस्पतालमै हुनुहुन्थ्यो ।
विगत ७ महिना देखि अस्पतालमा उपचाररत् रहेकोमा गएको ३ महिनादेखि अस्पतालले अब थप सुधार हुन समय लाग्ने र यो अवस्थामा नेपाल लान सकिने भन्ने जानकारी गराएको थियो । नेपालमा वहाँको परिवारस सल्लाह गरी नेपाल पठाइएको दूतावासले जनाएको छ ।
वहाँलाई सलालाबाट मस्कटसम्म ओमान एअरको विमानबाट तथा मस्कटदेखि काठमाण्डौ सलाम एअरको विमानबाट स्ट्रेचरको व्यवस्था गरि नेपाल ल्याइएको हो । दूतावासका अनुसार उहाँलाई नेपाल पठाउन लागेको झन्डै ९९ लाखमध्ये तीन लाख १२ हजार उहाँको छोरी ज्वाइँले बेहोरेको र बाँकी रकम दूतावास र एनआरएनएको संयोजनमा जुटाइएको हो ।
यस्तै लण्डनबाट नेपाल जाने क्रममा उडानको क्रममै अकस्मात् ज्यान गुमाउनुभएकी एक नेपाली महिलाको शव तथा वहाँसँगै उहाँको परिवारका अन्य सदस्यहरूलाई समेत सहजीकरण गरी त्यही उडानबाट नेपाल पठाइएको दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।