शेयर बजार ६३ अङ्कले बढ्यो, लगातार तेस्रो दिन दोहोरो अङ्कको वृद्धि

 पुष २०, २०७८ मंगलबार १५:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से आज मङ्गलवार ६३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको ८७, माइक्रोफाइनान्स समूहको ९१, फाइनान्स समूहको शेयर ७९ अङ्कले र जीवन बीमा समूहको एक सय ६० अङ्कले बढेको छ ।

आज ९१ लाख १० हजार कित्ता शेयर चार अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको १४ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज श्री इन्भेस्टमेन्ट फाइनान्स, सप्तकोसी विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक र नेपाल एसबीआई बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया