नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
दाङ – दाङको टरिगाँउ विमानस्थलको धावनमार्ग थप विस्तारका लागि स्थलगत नापजाँंच सुरु भएको छ ।
तुलसीपुरको टरिगाँउमा रहेको धावनमार्गमा अहिलेको ७ सय ५० मिटर लम्बाइलाई बढाएर कम्तिमा १ हजार ३ सय मिटर पुर्याउन सके ठूला जहाज पनि अवतरण हुन सक्ने भन्दै तुलसीपुर उद्योग वाणिज्य संंघको नेतृत्वमा स्थलगत नापजांँच सुरु गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीसहितको टोलीले विमानस्थलको धावनमार्गको उत्तर दक्षिण क्षेत्रको लम्बाइ नापजांँच गरेका थिए । कम्तिमा ४२ सिटे जहाजलाई अवतरण गर्नका लागि आवश्यक १ हजार ३ सय मिटर लम्बाइको धावनमार्ग निर्माण गर्न ठूलो धनराशि खर्चनु नपर्ने इन्जिनियर योगीको भनाइ छ ।
स्थलगत अध्ययनको प्रतिवेदनसहित केही दिनभित्रै नागरिक उड्ययन तथा पर्यटन मन्त्रालय र अर्थमन्त्रालयमा डेलिगेशन जाने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
Janata
Feb. 9, 2022, 10:32 a.m.यस्ता ससाना एअरपोर्ट नजिक नजिक बनाउन भन्दा त्यो बजेटले बाटो फराकिलो र सजिलो बनाए सबैलाई राम्रो हुन्छ । नियमित व्यवसायिक उडान हुन नसक्ने क्षेत्रमा ससाना एअरपोर्ट नबनाउँदा राम्रो हुन्छ ।