भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
सुर्खेत - विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्काएर गाउँमै कुखुरापालन शुरु गर्नुभएको छ ।
पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर अरुझैँ जोखिम मोलेर भएपनि कतार जानुभएका उहाँले यस पटक भने विदेशको बाटो रोज्नु भएन । बरु आफ्नै गाउँमा कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभयो । बराहताल गाउँपालिकामा सञ्चालीत उहाँको अन्नपूर्ण पोल्टी फार्ममा अहिले एक हजार कुखुरा छन् ।
लामिछानेले कृषि विकास बैंकबाट रु छ लाख र छ लाख आफैँले सरसापट गरेर कुखुरापालन व्यवसाय गरिरहनुभएको छ । “ बैंक र केही आफूसँग भएको रकमबाट भर्खरै व्यवसाय शुरु गरेको हुँु”, उहाँले भन्नुभयो । आगामी दिनमा यसलाई अझ राम्रो बनाउँदै लैजाने तथा अब नेपालमै बसेर स्वावलम्बी बन्ने लामिछाने बताउनुहुन्छ । उहाँले दैनिक विदेशिने युवालाई मेहनत गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण दिनुभएको छ ।
सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर सस्तो ब्याजदरमा ऋण दिएर विदेशिने युवालाई काम दिनुपर्ने लामिछानेको भनाइ छ । लामिछाने भन्नुहुन्छ, “गाउँमै केही गरौँभन्दा ऋण पाइँदैन तर विदेश जान्छु भन्दा सबैले जति मागे पनि ऋण दिन्छन् ।”
आफूले पनि गाउँमै व्यवसाय सञ्चालन गर्छु भन्दा कसैबाट ऋण नपाएर गाउँका अरुलाई भनेर ऋण पाएको अनुभव सुनाउनुभयो । “कुखुरापालन व्यवसाय गरेको धेरै लामो समय भएको छैन, लगानी अहिले बराबरमा रहेको छ अब फाइदा हुन्छ होला”, लामिछानेले भन्नुभयो । बराहताल–५ सुर्खेतका जीवन लामिछानेले पनि आफूले बनाएको राहदानी थन्काएर गाउँमै भैँसीपालन व्यवसाय शुरु गर्नुभएको छ । स्थानीय बहुमुखी कृषि सहकारी संस्थाबाट रु एक लाख ऋण लिएर भैँसीपालन गर्नुभएको हो ।
समुदायको आवश्यकता र मागका आधारमा योजनाको छनोट हुने भए गाउँमा स्वरोजगारको वृद्धि हुने नागरिक अगुवा खिम रेग्मीले बताउनुभयो । कुनै पनि बैंक, सहकारी तथा अन्य संस्थाबाट लिएको रकमको सही सदुपयोग गरे युवा विदेशिनु नपर्ने र स्वदेशमै बसेर पनि सुन फलाउन सकिने रेग्मीको धारणा छ । कर्णालीको गरीबी हटाउन प्रदेश सरकार, स्थानीय सरकारले पहिलो चरणमा आय आर्जन व्यवसाय र क्षमता विकासमा लगानी गर्नुपर्ने रेग्मीको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।