पीएम कप क्रिकेट : प्रदीप र सुवासको शतक, बन्यो प्रतियोगिताकै ठूलो स्कोर

 जेठ २१, २०७५ सोमबार १५:०:२३ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफले प्रतियोगिताकै ठूलो स्कोर बनाएको छ ।

निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर एपीएफले ३३९ रन बनाएको हो । यसअघि ३२४ रनको स्कोर नेपाल पुलिसले बनाएको थियो । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सोमबार प्रदेश २ विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको एपीएफकालागि २ जना व्याट्सम्यानले शतक बनाएका छन् । 

एपीएफका लागि प्रदिप ऐरीले १५८ रन बनाए । उनले १३५ बल खेल्दा ८ छक्का र १३ चौका प्रहार गरे । यसैगरी ओपनर व्याट्सम्यान सुवास खकुरेलले १०३ रनको पारी खेले । उनले १३० बल खेल्दा २ छक्का र ७  चौका प्रहार गरे । १४ बल खेलेका पृथु बास्कोटले १ छक्का र ४  चौकाको मद्दतले २९  रन बनाए । 

एपीएफले गुमाएका ६ विकेटमध्ये प्रदेश २ का दिब्यांशु मल्लिक एक्लैले ५ विकेट लिए । मल्लिकले ९ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ८४ रन खर्चिएका थिए । यस्तै अर्को विकेट राहुल प्रताप सिंहको नाममा रह्यो ।

पानी परेकाले अहिले खेल राेकिएकाे छ ।
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया