नमूना बौद्ध मास्टर्स चेसको उपाधि लामाले जिते

 भदौ ३१, २०७५ आइतबार १९:२७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नमूना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपको उपाधि सुरवीर लामाले जितेका छन् ।

बौद्धस्थित नमूना चेस क्लबको हलमा भएको प्रतियोगितामा सात चरणमा ६ अंकसहित उपाधि जितेका लामाले ५० हजार रुपैयाँ पुरस्कार पाए ।
 
स्वीस लिग फर्म्याटअनुसार खेलाइएको प्रतियोगिताको सातौं चरणमा लामाले राजन सुवेदीलाई पराजित गरी उपाधि जितेका हुन् ।
 
साढे ५ अंकसहित दोस्रो भएका क्याण्डिडेट मास्टर कृष्ण थापाले ३० हजार पुरस्कार पाए । अन्तिम चरणको खेलमा उनले क्याण्डिडेट मास्टर केशव श्रेष्ठलाई हराउँदै दोस्रो स्थानमा आएका हुन् ।
 
समान साढे ५ अंक भए पनि बुकोल्सका आधारमा अर्का क्याण्डिडेट मास्टर मदनकृष्ण कायस्थ तेस्रो भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । सातौं चरणको खेलमा श्रेष्ठले फिडे मास्टर मनिष हमाललाई पराजित गरेका थिए ।
 
समान पाँच अंक भए पनि फिडे मास्कर मनिष हमाल चौथो र क्याण्डिडेट मास्टर केशव श्रेष्ठ पाचौं भए । उनीहरुले जनही क्रमसः १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।
 
प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीको रुपमा शान्ति धिमालले १० हजार तथा उत्कृष्ट क्लब खेलाडीको रुपमा आयोजक नमूना बौद्ध चेस क्लवका निरञ्जन पुडासैनीले १० हजार रुपैयाँ पुरस्कार पाएका थिए । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया