नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाडौं – थ्रीस्टार क्लबका मिडफिल्डर विक्रम लामा उपचारको अन्तिम थेरापीको लागि थाइल्याण्ड जाँदैछन् ।
बुढासुब्बा गाेल्डकपका दौरान खुट्टा भाँचिएका विक्रम अहिले पूर्ण रुपमा फिट भएका छन् । तर कन्ट्याक्ट खेलका लागि तयार हुन सकेका छैनन् । उनी अहिले फुटबलको सामान्य प्रशिक्षण गरिरहेका छन् । नेपालमा उनलाई खेल्नका लागि फिट भएको चिकित्सकले बताइसकेका छन् । तर थाइल्याण्डमा उनले थप परिक्षण गराएपछि खेल्ने वा नखेल्ने निश्चित हुनेछ ।
थाइल्याण्डमा तीनवटा रिह्याब परीक्षण गर्नेछन् । ‘नेपालमा मलाई पूर्ण रुपमा फिट भएको रिपोर्ट दिइएको छ । तर प्रतिस्पर्धात्मक खेलका लागि तयार छु की छैन भन्ने थाइल्याण्ड गएपछि तय हुनेछ’, विक्रमले भने ।
सहिद स्मारक ए डिभिजन लिग आगामी असोज १३ देखि सुरु हुँदैछ । लिगको दोस्रो हप्तासम्मा मैदानमा फर्किने विश्वास विक्रमको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।