नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको असर पेट्रोल पम्पहरूमा समेत देखिएको छ । हप्तामा शनिवार र आइतवार पेट्रोल पम्प बन्द हुँदा सोमवार पेट्रोल पम्पहरूमा भिड र लामो लाइन देखिएको छ ।
काठमाण्डौ उपत्यकाका साझा, नेपाली सेना, नेपाल प्रहरीसहित केही पुराना पेट्रोल पम्प अगाडि इन्धन भर्नेको लामो लाइन लागेको छ । दुई दिन पेट्रोल हाल्न नपाउँदा सोमवार मानिसको चाप बढेको नेपाल आयल निगम लिमिटेडका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजारका पम्पहरूमा धेरै भण्डारण गर्ने क्षमता नभएकोले र दुई दिन बिदापछि सोमवार बिहानै डिपोबाट बजारमा पेट्रोल पुर्याउन पनि समय लाग्ने हुन्छ । दुई दिन पेट्रोल, डिजल हाल्न नपाएकाहरू एकै दिन धेरैको सङ्ख्यामा पम्पहरूमा पुग्ने भएकाले भिड देखिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोल, डिजलको अभाव भएको भन्दै नेपालमा पनि अभाव हुन सक्ने हल्ला चलेको छ । नेपालमा अहिलेसम्म डिजल, पेट्रोल आयातामा कुनै समस्या नभएकाले नआत्तिन उपभोक्तालाई प्रवक्ता उपाध्यायले आग्रह गर्नुभएको छ । काठमाण्डौ उपत्यकाबाट दैनिक साढे ६ देखि सात लाख लिटर पेट्रोल र १० देखि ११ लाख लिटर डिजल बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।