मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
जुम्ला - जुम्लाको दुर्गम गाउँ डुङ्ग्रीमा पाठेघरको निःशुल्क परीक्षण शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँमा ४६ घरधुरी रहेका छन् । डुङ्ग्री गाउँ कर्णाली राजमार्गबाट झन्डै ३ घण्टाको उकालो काटेर पुग्न सकिन्छ । पाठेघरको समस्या भएका महिला उपचारबाट वञ्चित थिए ।
जिल्ला स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रम संयोजक मोर्चा शाहीका अनुसार शिविरमा ७३ जना महिलाको पाठेघर सम्बन्धी समस्याको परीक्षण गरिएको छ । तीमध्ये ३ जना ढिमकोट गाउँका महिलाले स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ गरेका थिए ।
शिविरमा परीक्षण गरिएकामध्ये २६ जनाको पाठेघरमा समस्या देखिएको स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।