काठमाण्डौ एअरपोर्टमा अब यात्रुले नाक छोप्नु पर्दैन : मन्त्री आले

 जेठ ३१, २०७९ मंगलबार १५:२१:१० | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने बताउनुभएको छ । 

काठमाण्डौ विमानस्थलमा कार्यरत निजी क्षेत्रका एक सय ५२ जना सरसफाइ कर्मचारीलाई दिइएको दश दिने अन्तर्राष्ट्रियस्तरको सफाइ तालिमको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री आलेले त्रिभुवन विमानस्थलमा फोहरका कारण अब नाक छोप्नु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘हामीले एअरपोर्टमा पर्यटक आउँदा नाक छोप्नु पर्ने अवस्थाको अन्त्य गरेका छौँ, विमानस्थल सफा राख्ने जिम्मा सरसफाइकर्मीको हातमा छ, आफूले लिएको सरसफाइसम्बन्धी तालिमको भरपूर प्रयोग गर्नुस्, म सहयोग गर्न तयार छु ।’ 

विमानस्थलमा सरसफाइसम्बन्धी काम गर्ने कर्मचारीलाई बर्सेनि पुरस्कारको व्यवस्था मिलाउनसमेत मन्त्री आलेले विमानस्थल प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले सरसफाइको कुरामा कामदार मात्रै दोषी नहुने भएकाले सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । 

यसैगरी मन्त्री आलेले आफूले दिएको निर्देशनअनुसार विमानस्थलमा विकासका कामहरू भएका र थुप्रै राम्रा कामहरू भएको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया