नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – एक अध्ययनले अझै पनि ६४ प्रतिशतभन्दा धेरै उद्योगमा जेनेरेटर प्रयोग यथावत् रहेको देखाएको छ । सरकारले उद्योगलाई पनि पर्याप्त बिजुली दिएको दाबी गरे पनि नेपाल उद्योग परिसङ्घले गरेको अध्ययनअनुसार ६४ दशमलव ४ प्रतिशत उद्योगमा जेनेरेटर प्रयोगमा रहेको देखिएको हो ।
जेनेरेटरको प्रयोगले उद्योगको लागत प्रतिमहिना झन्डै ६ प्रतिशत बढेको पनि अध्ययनले जनाएको छ । यस्तै झ्याप्प–झ्याप्प बत्ती जाँदा पनि समस्या बढेको उद्योगीको गुनासो छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ ।
प्रतिवेदनले उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ । प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७ दशमलव १ प्रतिशतले बढेको देखाएको छ । प्रतिवेदनअनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको देखिन्छ ।
अध्ययनमा सहभागी उद्योगीहरूले ९५ प्रतिशत कामदार नेपाली रहेको उल्लेख गरेकोमा सबैभन्दा धेरै सेवा क्षेत्रमा ९७ प्रतिशत र कम उत्पादन क्षेत्रमा ९० प्रतिशत नेपाली कामदार रहेका छन् । अध्ययनमा सहभागीमध्ये ६५ दशमलव ५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् । प्रतिवेदनमा बजेट निर्माण र कार्यान्वयन प्रक्रिया, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसङ्घले चालु आर्थिक वर्षको बजेटमा दिएका प्रमुख सुझावसमेत समावेश छन् ।
परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रले 'थिङ्क ट्याङ्क' को रूपमा कसरी काम गरिरहेको छ भन्ने यो प्रतिवेदनले पनि देखाएको बताउनुभयो । परिसङ्घले सुझावमात्रै दिने नभइ उद्योगको यथार्थ चित्रणसमेत यो प्रतिवेदनमार्फत प्रस्तुत गर्न खोजेको उहाँले उल्लेख गर्नुभयो ।
यस्ताे छ प्रतिवेदन–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।