नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – लगातार आठौँ दिन आज पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार ४ दशमलव ८९ अङ्कले बढेर दुई हजार ५० दशमलव ५९ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, लघुवित्त, लगानी र म्युचुल फन्ड समूहको शेयर बढेको छ । बैंकिङ, व्यापार, होटल, जलविद्युत र जीवन बीमा समूहको शेयर भने घटेको छ ।
आज दुई सय १५ वटा कम्पनीका ४१ लाख ३३ हजार कित्ता शेयर एक अर्ब ७३ करोड १८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
शेयर बढेकाे दिन मल्टिपर्पोज फाइनान्सको शेयर साढे पाँच प्रतिशत र कर्णाली विकास बैंकको शेयर झन्डै साढे चार प्रतिशतले बढेको छ । लक्ष्मी इक्विटी फन्डकाे शेयर साढे ६ प्रतिशतभन्दा धेरै र इमर्जिङ नेपालको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।