मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को तयारी शुरू, एक लाख पर्यटक भित्...
मंसिर ८, २०८१ शनिबार
विश्व भुटानी साहित्यिक सङ्गठन (जीबीएलओ) बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको पाँचौँ संस्करण सम्पन्न भएको छ । जुलाई २९ देखि ३१ तारिखसम्म अमेरिकाको ह्यारिसबर्गमा भएको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
सिक्किमका पूर्व मुख्यमन्त्री एवम् कवि डा. पवन चाम्लिङलाई अभिनन्दन गरिएको कार्यक्रममा शिवलाल दाहाल, डा. हेमन्त घिसिङ, तिलारुपा आचार्य, विकास थुलुङ र लीला निशालाई सम्मान गरिएको थियो । कार्यक्रममा भारतीय साहित्यकार डा. महेश दाहाललाई दुई हजार एक डलर राशी रहेको ‘विभूसास दिनेश चाम्लिङ स्मृति युवा प्रतिभा पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो । त्यस्तै ६ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार’ बाट वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीलाई पुरस्कृत गरिएको थियो । भुटानी अमेरिकी समाजबाट सन् २०१९ देखि अहिलेसम्म विद्यावारिधि गरेका भुटानीहरूलाई अभिनन्दनसमेत गरिएको थियो ।
भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा साहित्य विभागका डिन प्रा.डा. कविता लामाले ‘नेपाली साहित्य लेखनको स्थिति र वैश्विकीकरणको प्रवासमा भारतीय नेपाली अनि पुनर्वासित भुटानीहरू’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै साहित्यकार डा. मधु आचार्य श्रेष्ठ, भारतीय वरिष्ठ साहित्यकार विन्द्या सुब्बा, पर्यावरण लेखक विरेन हितान तथा वरिष्ठ साहित्कारहरू डा. गोविन्दराज भट्टराई र कृष्ण धरावासीले पनि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
आफ्नो भाषा, साहित्य र संस्कृतिबाट प्रतिबन्धित हुँदै देशबाट निर्वासित भएपछि आप्रवासी भुटानी युवाहरूले सुरु गरेको ‘बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान’ ले नेपाली भाषा साहित्यका क्षेत्रको श्रीवृद्धिमा सकारात्मक काम गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।