महावीर पुनलाई अर्थमन्त्रीकाे आग्रह : कृषि औजार कारखानाको अध्ययन गरेर सुझाव दिनुस्

 साउन ३०, २०७९ सोमबार १८:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सिंहदरबारमा आज साेमवार भेटवार्ता भएको छ । 

भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गर्नुभयो । सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने निर्णय गरेकाले ती कारखानाको अहिलेको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

‘कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभइ कृषि औजार आविष्कार केन्द्रको रूपमा पनि विकास गर्ने सरकारको लक्ष्य रहेको छ’, उहाँले भन्नुभयो ।

केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरूको उत्पादन गर्ने, मर्मत गर्ने तथा नयाँ उपकरणहरू आविष्कार गर्ने बताउनुभयो । कारखानालाई पुनर्जीवन दिइ ती ठाउँमा कृषि औजार आविष्कार केन्द्र बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताउँदै पुनले भन्नुभयो, ‘कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारहरू समेत निर्माण गर्छ ।’ कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुने गरी आधुनिकीकरण गर्न सकिने आविष्कार केन्द्रका अध्यक्ष पुनले बताउनुभयो । 

अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको अध्ययनको सुझावअनुसार सरकारले छिटै कृषि औजार कारखानालाई पुनर्जीवन दिने आश्वासन दिनुभयाे । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • हरि महर्जन

    Aug. 15, 2022, 6:15 p.m.

    यो चाहिं अलि राम्रो काम भयो की

  •  0 Reply

तपाईको प्रतिक्रिया