नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको 'नेट एक्सपोर्टर' हुने दाबी गर्नुभएको छ ।
आज आइतवार ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताउनुभएको हो । घिसिङले पछिल्लो ८५ दिनमा भारतमा बिजुली निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विद्युत् निर्यातलाई प्राथमिकता दिनुपर्छ । यो सरकारको ठूलो उपलब्धि हो । चालु आर्थिक वर्षमा नै हामी 'नेट एक्सपोर्टर' हुन्छौँ । यो वर्ष हामी भारतबाट जति बिजुली ल्याउँछौँ त्योभन्दा बढी बिजुली भारतमा निर्यात गर्नेछौँ । कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्छाैँ । आउँदाे जेठ, असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात गर्छाैँ । अहिले हाम्रो विद्युत् खपत २५ प्रतिशतले बढेको छ, अर्को वर्ष पनि २५ प्रतिशतले बढ्छ ।’
घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट दर ६ भारतीय रुपैयाँसम्म रहेको बताउनुभयो । उहाँले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्यधिक रहेको बताउनुभयो । अहिले उत्पादन भएको १०० प्रतिशत विद्युत् खपत भइरहेको उहाँकाे भनाइ छ ।
कार्यकारी निर्देशक घिसिङले भविष्यमा नेपालको विद्युत् नागरिकलाई निःशुल्क दिन सकिने बताउनुभयो । उहाँले आउँदाे केही वर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै सबैले विद्युत् महसुल तिर्नुपर्ने बताउनु भयो ।
तत्कालका लागि उद्योगहरूलाई डिमान्ड शुल्क छुट दिन नसकिने सङ्केत गर्दै उहाँले सरकारले कोभिड–१९ लगायतका कारणले छुट दिएको बताउनुभयो । उहाँले अहिलेसम्म झन्डै ९३ प्रतिशत विद्युतको पहुँच पुगेको बताउनुभयो । आउँदाे २ वर्षमा सरकारले शतप्रतिशत विद्युतको पहुँच पुर्याउने लक्ष्य लिएको उहाँको भनाइ छ ।
उहाँले पछिल्लो समय कुनै पनि क्षेत्रले मूल्य नघटाएको अवस्थामा पनि प्राधिकरणले मूल्य घटाएको बताउनुभयो । उहाँले गएकाे आर्थिक वर्षमा विद्युत् महसुल बढाएर नभइ घटाएर भए पनि १६ अर्ब रुपैयाँ नाफा गरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।