उपचारको बहानामा बिरामीको घर पुगेर लुटपाट गर्ने नक्कली डाक्टर...
पुस १३, २०८१ शनिबार
अमेरिकामा अहिले भइरहेको मातृ मृत्युदरमा ८० प्रतिशतले कमी ल्याउन सकिने एक अध्ययनले देखाएको छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी)ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु रोक्न सकिने उल्लेख छ ।
सन् २०१७ र २०१९ मा अमेरिकाका ३६ राज्यमा गरेको अध्ययनका आधारमा कुल गर्भवतीमध्ये २२ प्रतिशतले सुत्केरी हुनु अगाडि ज्यान गुमाउने गरेको देखिएको छ । त्यसैगरी २५ प्रतिशत गर्भवतीको सुत्केरी भइरहेका बेला वा सुत्केरी भएको सात दिनभित्रमा ज्यान जाने गरेको छ । बाँकी ५३ प्रतिशतले सुत्केरी भएको सात दिनदेखि एक वर्षसम्ममा ज्यान गुमाउने गरेका अध्ययनको निष्कर्ष छ ।
अत्याधिक रक्तश्राव, घाउमा हुने सङ्क्रमण, बच्चाको अवस्थीति, मुटु तथा मानसिक समस्या ज्यान गुमाउने मुख्य कारण रहेका छन् । सिडीसीका निर्देशक वान्दा बार्फिल्डले गर्भवती तथा सुत्केरीको मृत्यु हुने मुख्य कारणलाई पर्याप्त रुपमा घटाउन सकिने बताउनुभयो । त्यसका लागि स्वास्थ्य संरचना र चेतना विस्तारका काम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । ‘मातृ मृत्युका कारणहरु घटाउन सकिने खालका छन्, उहाँले भन्नुभयो,‘ त्यसका लागि राज्यका निकायहरूले पर्याप्त पहल गर्नुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।