तेश्रो युथ ओलम्पिक गेममा जाने ६ सदस्यीय नेपाली टोलीकाे बिदार्इ

 असोज १५, २०७५ सोमबार १८:३५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अर्जेन्टिनाको ब्युनसआयर्समा आयोजना हुने तेश्रो युथ ओलम्पिक गेममा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार ओलम्पिक कमिटिका अध्यक्ष एवं संघीय प्रतिनिधि सभाका माननीय सांसद जीवन राम श्रेष्ठले बिदाई गर्नुभयाे ।

अशोज २० देखि कार्तिक १ गते (अक्टोबर ६ देखि १८) सम्म आयोजना हुने युथ ओलम्पिकमा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो खेलमा प्रतिस्पर्धा गर्नेछ । ब्याडमिन्टनमा रुकेश महर्जनले पुरुष एकलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै एथलेटिक्समा लुजला अमात्यले २०० मिटरमा तथा जुडोमा सोनिया भट्टले ४४ केजी मुनिको तौलमा प्रतिस्पर्धा गर्ने ओलम्पिकले जनाएको छ ।

नेपाली टोलीको नेतृत्व ब्याडमिन्टन प्रशिक्षक किरण थापाले गर्नुहुनेछ । उनले सेभ दि मिसनको भूमिका समेत निर्वाह गर्ने ओलम्पिकले जनाएको छ । यस्तै एलेटिक्सको प्रशिक्षकमा विमला जोशी र जुडोको प्रशिक्षकमा विजय कुमार गुरुङ्ग रहेका छन् ।

नेपाली टोलीलाई बिदाई गर्दै नेपाल ओलम्कि कमिटिका अध्यक्ष श्रेष्ठले सफलताको शुभकामना ब्यक्त गर्दै १८ बर्ष मुनिका खेलाडीहरुको कुम्भमेलालाई खेलाडीहरुले अनुभव बटुल्नुका साथै आगामी दिनमा आयोजना हुने ठुला प्रतियोगिताहरुका लागि आफुलाई निखार्ने अवसरको रुपमा लिनु पर्ने बताए ।

बिदाई कार्यक्रममा ओलम्पिक कमिटिकी उपाध्यक्ष एवं लन टेनिस संघकी अध्यक्ष ज्योती राणा, कोषाध्यष एवं नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन, सदस्य एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, सदस्य एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया