पाकिस्तानी पूर्वप्रधानमन्त्री खान आउँदो ५ वर्ष चुनावमा प्रतिस्पर्धाका लागि अयोग्य

 कात्तिक ४, २०७९ शुक्रबार १६:१९:१९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आउँदो पाँच वर्षसम्म चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य घोषणा गरेको छ । सरकारमा रहेको बेला पाएका उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको र सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको भन्दै आयोगले खानलाई चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

पाकिस्तानी कानुनअनुसार सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्छ । प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीगका नेता बैरिस्टर मोहसिन नवाज रांझाले इमरान खानले उपहारबारे ढाँटेको भन्दै उजुरी दिनुभएको थियो । त्यही उजुरीको आधारमा प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेञ्चले इमरानले पाँच वर्ष चुनावमा प्रतिस्पर्धा गर्न नपाउने फैसला गरेको हो ।

आयोगले गरेको फैसलाअनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाहीसमेत सुरु हुन सक्ने बताइएको छ । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्षसमेत रहेका खान २०१८ को अगस्टदेखि २०२२ को अप्रिलसम्म पाकिस्तानको प्रधानमन्त्री बन्नुभएको थियो ।

एक हप्ताअघि भएको उपचुनावमा खान सात ठाउँबाट सङ्घीय संसद्को उम्मेदवार बनेकोमा ६ ठाउँमा विजयी हुनुभएको थियो । 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया