नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ...
पुस १३, २०८१ शनिबार
च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बेन्फिकासँग ४–३ गोलले पराजित भयो ।
युभेन्ट्स एक खेल बाँकी रहँदै बाहिरिन पुगेको हो । युभेन्ट्स रहेको समूह ‘एच’ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र बेन्फिका अन्तिम १६ मा पुगेका छन् ।
मक्कबी हाइफालाई ७–२ गोलको फराकिलो अन्तरले हराउँदै पिएसजी नकआउट चरणमा पुग्यो । पिएसजीको जितमा लिओनेल मेस्सी र केलियन एमबाप्पे समान दुई तथा कार्लोस सोलेर र नेयमारले एक/एक गोल गरे ।
पिएसजीले एक गोल आत्मघाती उपहार पायो । समान ५ खेलमा पिएसजी र बेन्फिकाको समान ११ अंक छ ।
अर्को खेलमा इंग्लिस क्लब चेल्सी अन्तिम १६ मा पुगेको छ । आरबी साल्जबर्गलाई २–१ गोलले हराउँदै चेल्सी नकआउट चरणमा पुग्न सफल भयो । चेल्सीले समूह ‘ई’ मा ५ खेल खेल्दै १० अंक जोडेको छ । दोस्रो स्थानको साल्जबर्गको ६ अंक छ ।
त्यस्तै च्याम्पियन्स लिगको समूह ‘एफ’ को खेलमा रियल म्याड्रिड आरबी लाइप्जीगसँग पराजित भएको छ । आरबी लाइप्जीगले रियललाई ३–२ गोलले हरायो ।
यस समूहको अर्को खेलमा सेल्टिक र शाख्तर डोनेस्कले १–१ गोलको बराबरी खेलेका छन् ।
अंक तालिकामा रियल ५ खेलमा १० अंकसहित शीर्ष स्थानमा छ । लाइप्जीगको ५ खेलमा ९ अंक र शाख्तरको ५ खेलमा ६ अंक छ । सेल्टिक समूह चरणबाट बाहिरिसकेको छ ।
समूह ‘जी’ को खेलमा म्यानचेस्टर सिटी र बोरुसीया डर्टमुन्डले गोररहित बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।