युक्रेनका झन्डै ४० लाख मानिस लाेडशेडिङकाे तालिका प्रयाेग गर्दै

 कात्तिक १३, २०७९ आइतबार १५:५६:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका झन्डै ४० लाख मानिस प्रभावित भएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले नियमित सम्बोधनका क्रममा झन्डै ४० लाख मानिसले लोडशेडिङको तालिका प्रयोग गरिरहेका बताउनुभएको हो । लोडशेडिङ कटौती गर्ने सम्भाव्य सबै उपाय अवलम्बन गरिएको उहाँको भनाइ छ ।

केही दिनअघि रुसी सेनाले युक्रेनका मुख्य ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको थियो । रुसी सेनाले युक्रेनमा विद्युत केन्द्र र पूर्वाधारलाई निसाना बनाएका छन् । अर्कोतर्फ युक्रेनी सेनाले रुसले कब्जा गरेका क्षेत्रलाई फिर्ता गर्ने प्रयास गरिरहेका छन् ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया