मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताउनुभएको छ । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताउनुभएको थियो ।
दाङमा आज आइतवार भएको एक कार्यक्रममा पौडेलको जवाफ दिँदै महासचिव पोखरेलले संविधानले राजधानी दुई पटक सार्ने विषय उल्लेख नगरेकाले दाङबाट राजधानी अन्त नसर्ने बताउनुभएको हो । ‘हामी दङ्गालीले दाङमा प्रदेश राजधानी ल्याउन माग गर्याैँ, आन्दोलन पनि गर्याैँ । कांग्रेस र माओवादीको सरकार भएको बेला उनीहरूले बुटवल तोकेका थिए, म मुख्यमन्त्री भएपछि दाङमा सारेका छौँ । अब कसले के बोल्छ भन्ने चिन्ता नलिनुहोस् । राजधानी दाङमा तोक्ने काम भइसक्यो । कार्यालयहरू सार्ने काममा ढिला भएको हाे, अब सार्ने काम पनि चाँडै सकिन्छ’, पोखरेलले भन्नुभयो ।
महासचिव पाेखरेलले कहाँ कसले के बोल्छ भन्ने विषयमा सरोकार नराख्न भन्दै दाङमा कायम भएको राजधानीलाई व्यवस्थित सहर बनाउने योजना भएको पार्टीलाई मतदान गरेर विजयी बनाउन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।