तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
जी–२० शिखर सम्मेलनको घोषणापत्रको मस्यौदामा युक्रेन युद्धको निन्दा गर्दै यसले विश्वव्यापी अर्थतन्त्र कमजोर बनाएको उल्लेख गरिएको छ । इन्डोनेसियाको बालीमा चलिरहेको सम्मेलनमा भोलि बुधवारसम्म अन्तिम रूप दिने मस्यौदाको मुख्य भागमा युक्रेन युद्धको निन्दा गरिएको बीबीसीले जनाएको छ ।
सम्मेलनमा रुसले युक्रेनमा गरेको आक्रमणप्रति धेरैजसो देशका प्रतिनिधिले भर्त्सना गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनमाथि बर्बर युद्ध भइरहेको भन्दै आक्रमण अन्त्य गर्न रुसलाई आह्वान गर्नु यो सम्मेलनको मुख्य लक्ष्य रहेको बताउनुभयो । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले भने जी–२० घोषणाको मस्यौदामा राजनीतिकरण भएको प्रतिक्रिया दिनुभएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले युद्ध रोक्नका लागि १० बुँदे प्रस्ताव अघि सार्नुभएको छ । जेलेन्स्कीको प्रस्तावमा विकिरण तथा आणविक सुरक्षा, खाद्य र ऊर्जा सुरक्षालगायतका विषय समावेश रहेका बीबीसीले जनाएको छ ।
यस्तै उहाँले रुसले हिरासतमा राखेका आफ्ना नागरिकलाई रिहा गर्नुपर्ने, राष्ट्र सङ्घको बडापत्रको पालना हुनुपर्ने, युक्रेनबाट रुसी सेना फिर्ता हुनुपर्ने र युक्रेनले न्याय पाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले प्राकृतिक स्रोत तथा वातावरणको रक्षा र दुई पक्षबीच तनावको स्थिति अन्त्य गर्दै युद्ध अन्त्य भएको पुष्टि गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति जेलेन्स्कीले विश्वमा अस्थिरताको अन्त्यका लागि युद्ध अन्त्य गर्न आवश्यक ठानेकाले शान्तिको प्रस्ताव गरेको तर दुष्ट प्रवृत्तिविरुद्ध अन्तिमसम्म लड्न युक्रेन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।